२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा बुधबार थप १० जनाकाे ज्यान गयाे, ६ सय ६३ संक्रमित थपिए

गण्डकीमा बुधबार थप १० जनाकाे ज्यान गयाे, ६ सय ६३ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २६ गते बुधबार ०८:०७

पाेखरा । गण्डकी प्रदेशमा बुधबार थप १० जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले उल्लेख गरेकाे छ । मृत्यु भएकामध्ये कास्कीका...

पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ७ सय ३३ जना संक्रमणमुक्त

पाेखरा । गण्डकी प्रदेशमा बुधबार थप १० जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले उल्लेख गरेकाे छ ।

मृत्यु भएकामध्ये कास्कीका २ जना, नवलपरासीका ३ जना, तनहुँका २ जना, पर्वतका १ जना र म्याग्दीका २ जना संक्रमित रहेका छन् ।

यस्तै, गण्डकीमा बुधबार ६६३ नयाँ संक्रमित थपिएका छन । ३३२ पुरुष र ३३१ नयाँ थपिएका हुन । थपिएका मध्य कास्कीका ९१, नवपरासीका १५०, स्यांजाका ५१, बाग्लुंगका ६०, तनहुँ ६९, लमजुङका ८९, गोरखा ८६, पर्वत ३९, म्याग्दीका १७ जना र मुस्ताङका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै १ हजार ७ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । एकेैदिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै हो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय २० रहेको छ भने कोरोनाबाट गण्डकीमा अहिलेसम्म ७९९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०८:०७
हजुरको प्रतिक्रिया