२०८३ असोज २४ गते शनिबार

मच्छिन्द्र एफसीले जित्यो केपी ओली कप फुटबलको उपाधि

मच्छिन्द्र एफसीले जित्यो केपी ओली कप फुटबलको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार ०९:०९

योसँगै मच्छिन्द्रले तीन पटक उपाधि जितेर केपी ओली कपमा ह्याट्रिक गरेको छ । यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो ।

पोखरा ।

त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले हराउँदै मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं मिनेटमा मच्छिन्द्रका स्टेफन जमाहा जालीको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो ।

योसँगै मच्छिन्द्रले तीन पटक उपाधि जितेर केपी ओली कपमा ह्याट्रिक गरेको छ ।

यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो ।

यो सिजन चौथो प्रतियोगिता खेलेर पहिलो पटक फाइनलमा पुगे पनि आर्मीले उपाधि जित्न सकेन ।

प्रतियोगितामा मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले र सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले पराजित गरेको थियो ।

आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनलमा सङ्कटालाई २–१ ले हराएको थियो ।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यसैबीच मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनलाई १ लाख रुपैयाँ र मोटरसाइकल प्रदान गरिएको छ ।

फाइनल खेलमा विश्वकप विजेता इटालियन पूर्व कप्तान एवं गोलकिपर जियानलुइजी बुफोनको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०९:०९
हजुरको प्रतिक्रिया