२०८३ साउन २१ गते बिहीबार

पोखरामा दोस्रो सूर्यतारा खेल महोत्सव हुँदै

पोखरामा दोस्रो सूर्यतारा खेल महोत्सव हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार ०७:०४

प्रतियोगितामा बढिमा १२ टिम सहभागी गराइने प्रचारप्रसार संयोजक शिवराज सुवेदीले जानकारी दिए । ।

पोखरा ।

पोखरामा दोस्रो सूर्यतारा खेल महोत्सव हुने भएको छ ।

सूर्यतारा क्लब पोखराको आयोजनामा यहीं फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म महोत्सव हुन लागेको हो । पोखरा २९ भण्डारढिक खेलमैदानमा महोत्सव सञ्चालन हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा नेकोस कप पुरुष फुटबल प्रतियोगिता रहेको सूर्य तारा क्लब, पोखराका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेता हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा बढिमा १२ टिम सहभागी गराइने प्रचारप्रसार संयोजक शिवराज सुवेदीले जानकारी दिए । ।

महोत्सवमा हुने फुटबल प्रतियोगिता अन्र्तगत प्रिक्वार्टर र क्वाटर फाइनलको लागि १ सय रुपैयाँ र सेमिफाइनल र फाइनलका लागि २ सय रुपैयाँको टिकट शुल्क तोकिएको सुवेदीले बताए ।

फुटबल वाहेक महोत्सवमा सामूहिक लोक नृत्य, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्थाको झाँकी प्रदर्शनी हुने ।

झण्डै ३५ हजार दर्शकले महोत्सवमा उपस्थित हुने आयोजकको अपेक्षा छ । महोत्सव सम्पन्न गर्न ८३ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०७:०४
हजुरको प्रतिक्रिया