२०८३ असोज २५ गते आइतबार

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई अमेरिकाले फिर्ता पठायो

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई अमेरिकाले फिर्ता पठायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ११:४६

अध्यागमन कानून उल्लंघन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

पोखरा ।

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।

अध्यागमन कानून उल्लंघन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले नेपाल पठाएको हो ।

यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।

अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल ल्याइएको हो ।

यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए ।

जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक नेपाली फर्काइएका थिए ।

नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ ।

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ११:४६
हजुरको प्रतिक्रिया