२०८३ असोज २४ गते शनिबार

पाथीभरा केबलकार निर्माणमा बाधा पु¥याउने कुराले लगानीकर्ताहरुको मनोबल घटायोः अध्यक्ष ढकाल

पाथीभरा केबलकार निर्माणमा बाधा पु¥याउने कुराले लगानीकर्ताहरुको मनोबल घटायोः अध्यक्ष ढकाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २२ गते बिहीबार ०९:४५

पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवद्र्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पु¥याउनु गलत भएको उनको भनाइ छ ।

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पु¥याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन् ।

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनुभएको उनले बताए ।

पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवद्र्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पु¥याउनु गलत भएको उनको भनाइ छ ।

यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने उनले जिकिर गरे ।

उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने उल्लेख गरे ।

यो परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने पनि उनले दाबी गरे । उनका अनुसार केही राजनीतिक दलका व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पु¥याइरहेको छ ।

यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले उल्लेख गरे ।

उनले भने, ‘हामी आफैँले सञ्चालन गरेको एउटा प्रोजेक्ट जस्तो पाथीभराकै कुरा गरौँ । जहाँ आम पब्लिकलाई सर्भिस दिने, एउटा बुढाबुढी, बच्चाहरुलाई ट्रान्सपोर्टको माध्यम बनाउने र टुरिजममा जान खोजेको पर्यटकलाई त्यहाँ पुग्नका लागि सहज वातावरण बाउने उद्देश्यले पाथीभरा केबलकार बनाउन लागिएको हो । त्यसलाई अलिकति पोल्टिकल हिसावमा र कहीँ कहीँ धार्मिक हिसावमा र कहीँ कहीँ फरक हिसावले पनि व्याख्या गरिएको छ । वास्तवमा यो एउटा ट्रन्सपोटेशनको एउटा माध्यमको रुमपा भएको चिजलाई विभिन्न बहानामा फरक हिसावले व्याख्या गरिएको छ । म एउटा म एउटा लगानीकर्ता र एउटा छाता संगठनको अध्यक्षको हिसावले पनि त्यो अलि दुःखद् हो । जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आम सर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवद्र्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसावले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रुपमा गरिएको छ । यो दुःखद् हो । आम सर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको बिरोधमा लागिएको छ । ४५÷५० डिग्रिको तापक्रममा त्यो जिल्लाका मान्छेहरु विदेशमा काम गर्न बाध्य भएको अवस्था छ । त्यसै गरेर मान्छे चाहेर पनि जान नसकेको अवस्था छ । त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभइ समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रुपमा आउन खोजिएको छ । यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानी कर्तालाई आउन आग्रह गरिरहेका छाँै भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आम नेपालीलाई सर्भिस दिने हिसावले खोजिएको छ । त्यसको बिरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरुलाई पछि गएर यो पछुतो हुनसक्छ ।’

प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०९:४५
हजुरको प्रतिक्रिया