लेखनाथ ।
तेश्रो बेगनास कपको उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफ सी भिड्ने भएका छन ।
प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को अन्तरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।
विनोद मेमोरियलका रोशन छन्त्यालले डिबक्स भित्रबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो । यहि १ मात्र गोल नै मेमोरियललाई फाईनलमा पुग्न निर्णायक बनेको थियो ।
यस्तै बुधबार नै सम्पन्न दोश्रो सेमीफाईनलमा मिक्की एफ सीले एन के क्लवलाई २–० को अन्तरले पराजित गर्दै फाईनलमा विनोद मेमोरियलसँगको भेट पक्का गरेको छ ।
खेलको पहिलो हाफको ८औं मिनेटमा मिक्की एफ सि का विनम गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछिको समयमा दुवै टिमले गोल गर्ने राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलको अन्तिम मिनेटमा मिक्की एप सी कै रोशन गुरुङले दोश्रो गोल थप्न सफल भएका थिए ।
एन के का गोलकिपर पोष्ट छाडेर मैदानको मध्य भागमा रहेको मौकाको राम्रो सदुपयोग गर्दै रोशनले दोश्रो गोल थपेका थिए ।
गोल हुनबाट जोगाउन एन के का नकुल तामाङले प्रयास गरेपनि उनी असफल भएका थिए ।
विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिका लागी फाईनल खेल बिहिबार दिउँसो १ बजे हुनेछ ।
समापन समारोहमा राष्ट्रि फुटवल टिमका कप्तान किरण चेमजोङ समेत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५÷५ हजार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०९:५७




