२०८३ साउन २१ गते बिहीबार

भारतलालाई तेस्राे पटक च्याम्पियन्स ट्रफीकाे उपाधि

भारतलालाई तेस्राे पटक च्याम्पियन्स ट्रफीकाे उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार १०:५०

च्याम्पियन्स ट्रफी २०२५ को उपाधिसँगै भारतले २५ वर्ष अघिको आफ्नो बदलासमेत पुरा गरेको छ । सन् २००० को फाइनलमा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो ।

न्युजिल्याण्ड ४ विकेटले पराजित

पाेखरा ।

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ ।

फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भेटनेक्रममा रविन्द्र जडेजाले चौका प्रहार गर्दै ६ बल अगावै भारतलाई जित दिलाए । च्याम्पियन्स ट्रफी २०२५ को उपाधिसँगै भारतले २५ वर्ष अघिको आफ्नो बदलासमेत पुरा गरेको छ । सन् २००० को फाइनलमा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । भारतले यसअघि सन् २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो ।

समूह चरणको खेलमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले ‘प्लेयर अफ द म्याच’ पारी खेले । शर्माले ८३ बल खेल्दै ७६ रनको योगदान दिए । भारतका लागि श्रेयस एैयरले ४८ केएल राहुलले नट आउट ३४ रन जोड्दा शुभमन गिलले ३१ अक्षर पटेलले २९ र हार्दिक पाण्ड्याले १८ रन जोडे ।

बलिङतर्फ माइकेल ब्रेसवेल र मिचेल स्यान्ट्नरले समान २ विकेट लिए भने काइल जेमिसन र रचिन रविन्द्रका नाममा समान एक विकेट रह्यो ।

टस जितेर पहिले ब्याटिङ् गरेको न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्रहार गरे । ड्यारिल मिचेलले १०१ बल खेल्दै ६३ रन तथा माइकेल ब्रेसवेलले ४० बलमा ५३ रनको नटआउट पारी खेले । न्युजिल्यान्डका लागि रचिन रबिन्द्रले ३७ ग्लेन फिलिप्सले ३४, विल योङले १५, केन विलियम्सनले ११, टम ल्याथमले १४, मिचेल स्यान्ट्नरले ८ रन बनाए ।
भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट झार्दा मोहम्मद शामीले १ र रविन्द्र जडेजाले १ विकेट लिए । भारतका दुई बलर अक्षर पटेल र हार्दिक पाण्ड्या भने विकेटविहीन रहे ।

 

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार १०:५०
हजुरको प्रतिक्रिया