२०८३ कात्तिक ११ गते मंगलबार

काेराेनाले गण्डकीमा थप ६ जनाकाे ज्यान लियाे

काेराेनाले गण्डकीमा थप ६ जनाकाे ज्यान लियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २८ गते शुक्रबार ०६:३६

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण शुक्रबार थप ६ जनाकाे ज्यान गएकाे छ । यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर कुल ३ सय ७६ जनामा संक्रमण पुष्टि भएकाे छ । याे अवधिमा ३ सय ४७ जना निकाे भएका छन् भने प्रदेशभर हालसम्म...

३ सय ७६ जनामा संक्रमण पुष्टि

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण शुक्रबार थप ६ जनाकाे ज्यान गएकाे छ । यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर कुल ३ सय ७६ जनामा संक्रमण पुष्टि भएकाे छ ।

याे अवधिमा ३ सय ४७ जना निकाे भएका छन् भने प्रदेशभर हालसम्म ६ हजार २ सय ८३ सक्रिय संक्रमित रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । याे अवधिमा संक्रमित हुनेहरूमा सर्वाधिक धेरै कास्कीका १ सय ११ जना रहेका छन् । यसैगरि नवलपरासीका ७७ जना, पर्वतका ४४ जना, तनहुँका ३७ जना, लमजुङका ३२ जना, म्याग्दीका ३१ जना, गाेरखाका २७ जना, बाग्लुङका ११, स्याङ्जाका ५ तथा मुस्ताङका १ जना रहेका छन् ।

काेराेनाकै कारण गण्डकी प्रदेशभर हालसम्म कुल ८२३ जनाकाे ज्यान गइसकेकाे छ ।

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०६:३६
हजुरको प्रतिक्रिया