२०८३ साउन २१ गते बिहीबार

क्यानद्वारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक

क्यानद्वारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २९ गते बिहीबार ०९:२४

केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि ६ महिनासम्म हुनेछ । ६ महिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी ६ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।

कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा, महिलातर्फ ४ खेलाडी ग्रेड ‘ए’ मा

 

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ ।

क्यानले सार्वजनिक गरेको नयाँ ग्रेडिङअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा ५÷५ जना, ‘सी’ मा ४ जना, डी’ मा १२ जना तथा इमर्जिङ प्लेयरमा ७ जना खेलाडीलाई छनोट गरेको छ ।

केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

ग्रेड ‘बी’ मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ग्रेड ‘सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन्। उनीहरूले ५५ हजार रुपैयाँ पाउनेछन् ।

ग्रेड ‘डी’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् ।

उनीहरूले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यादवलाई इमर्जिङ प्लेयर्समा राखिएको छ । उनीहरूले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार ४ खेलाडीलाई ग्रेड ‘ए’ मा समावेश गरिएको छ ।

जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार रुपैयाँ पाउनेछिन् ।

ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ग्रेड ‘डी’ मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्योत्स्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषाकुमारी उपाध्याय छन् ।

उनीहरूले मासिक २० हजार रुपैयाँ पाउनेछन् ।

उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि ६ महिनासम्म हुनेछ । ६ महिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी ६ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।

 

प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०९:२४
हजुरको प्रतिक्रिया