पोखरा ।
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ ।
यसअघिको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो ।
जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालबाट आज सुधारको अपेक्षा गरिएको छ । नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ र त्यो जित युगान्डासँग नै थियो ।
दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ । तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ ।
हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो । युगान्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो ।
नेपालले भोली हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।
प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०९:३३




