२०८३ साउन २१ गते बिहीबार

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २९ गते शनिबार १०:५९

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक...

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। तर क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन् ।

१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन् । सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन । महामारीका बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराउँदै आएका छन् । देउवाले पनि भदौमै महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।

देउवाको नियमित कार्यकाल सकेर थप गरेको डेढ वर्ष समय पनि भदौमा सकिँदैछ । पार्टीलाई संकटमा जानबाट बचाउन भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

प्रकाशित मिति २०७८ जेठ २९ गते शनिबार १०:५९
हजुरको प्रतिक्रिया