२०८३ साउन २१ गते बिहीबार

वुमन्स डे कप : नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दै

वुमन्स डे कप : नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ११:२८

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ ।

पोखरा ।

युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । शृंखलामा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा पराजित भएको छ । बिहीबार भएको पाँचौँ खेलमा नेपाल चौथो पटक पराजित भयो ।

नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो ।र

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत आजै युगान्डा र नामिबिया खेल्नेछन् ।

शीर्ष २ टोलीले आइतबार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुंगो लाग्नेछ ।

प्रतियोगिताअन्तर्गत आजै युगान्डा र नामिबिया खेल्नेछन् ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको ५ खेलमा २ अंक मात्र छ । युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ११:२८
हजुरको प्रतिक्रिया