२०८३ असोज २५ गते आइतबार

तनहुँमा जंगली च्याउ खाँदा १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा १० जना बिरामी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १ गते शनिबार ०४:४२

पोखरा । तनहुँको ब्यास नगरपालिका–६ शान्तिटोलमा जंगली च्याउ सेवन गर्दा १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले ऐनै स्थानको बारीमा उम्रिएको जंगली च्याउ टिपेर ब्यास नगरपालिका–६ शान्तिटोल...

पोखरा ।
तनहुँको ब्यास नगरपालिका–६ शान्तिटोलमा जंगली च्याउ सेवन गर्दा १० जना बिरामी परेका छन्।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले ऐनै स्थानको बारीमा उम्रिएको जंगली च्याउ टिपेर ब्यास नगरपालिका–६ शान्तिटोल बस्ने आफ्ना मामा गुरु बहादुर पुलामीको घरमा ल्याई पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्।

बिरामी पर्नेहरूमा ६३ वर्षीय गुरु बहादुर पुलामी, उनका छोरा ३१ वर्षीय सुरेन्द्र पुलामी, नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा मगर, गुरु बहादुर पुलामीका ज्वाइँ ४२ वर्षीय लित बहादुर थापा, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी, ४ वर्षीय सुमित पुलामी, ६६ वर्षीय चक्र बहादुर पुलामी र १८ वर्षीया आरती पुलामी रहेका छन्।

उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिङ्गटा लाग्ने समस्या देखिएपछि उपचारका लागि २ गते बिहान ७ बजे प्रदेश अस्पताल दमौलीमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति २०८१ चैत १ गते शनिबार ०४:४२
हजुरको प्रतिक्रिया