२०८३ असोज २४ गते शनिबार

शुक्लागण्डकी जेसीजले जित्यो ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’ को उपाधि

शुक्लागण्डकी जेसीजले जित्यो ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’ को उपाधि

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार १०:४८

उपाधि विजेता शुक्लागण्डी जेसीजले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

गोरखा ।

गोरखामा आयोजित ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’को उपाधि शुक्लागण्डकी जेसीजले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा शुक्लागण्डकी जेसीजले जेसिज बाग्लुङलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

उपाधि विजेता शुक्लागण्डकी जेसीजले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

गोरखा जेसीजको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उपविजेता जेसिज बाग्लुङले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलालको मातहतमा रहेको ‘एरिया बि’ का ८ शाखाका टिमहरूले भाग लिएका थिए ।

गोरखा, बाग्लुङ, लम्जुङ, भानु नगरपालिका बन्दिपुर, ब्यास नगरपालिका दमौली, पोखरा लेखनाथ र शुक्लागण्डी जेसीजका टिमहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङको अध्यक्षता र गोरखा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा सम्पन्न भएको थियो ।

साथै समापन कार्यक्रममा जेसिज नेपाल ‘एरिया बि’ की निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, जेसिज नेपाल ‘एरिया बि’ का राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलाल, नेपाल जेसीजका अध्यक्ष सल्लाहकार विजय गुरुङ लगायत अन्य प्रमुख पदाधिकारीहरूको सहभागिता थियो ।

प्रतियोगिताको उद्देश्य युवाहरूको क्षमता वृद्धि गर्नु र जिल्लामा पर्यटन प्रवद्र्धन गर्नु रहेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए ।

यस खेलको माध्यमबाट विभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षासमेत गरिएको छ ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार १०:४८
हजुरको प्रतिक्रिया