२०८३ साउन २१ गते बिहीबार

छेन्दु-पोखरा नियमित उडान मंगलबारबाट

छेन्दु-पोखरा नियमित उडान मंगलबारबाट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार ११:१८

हवाई उडानबाट दुई देशका शहरहरू जोडिंदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ ।

काठमाडौं ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । हवाई उडानबाट दुई देशका शहरहरू जोडिंदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ ।

नेपाल पर्यटन बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ११:१८
हजुरको प्रतिक्रिया