२०८३ साउन २१ गते बिहीबार

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छ : अर्थसचिव

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छ : अर्थसचिव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार १२:१३

उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्ने कुरामा कोषले ध्यान दिनुपर्ने पनि बताए ।

काठमाडौं ।

अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकको हितका लागि कोषहरुको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताए । उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्ने कुरामा कोषले ध्यान दिनुपर्ने पनि बताए । उनले सञ्चयकर्ताको हित सँगसँगै नाम अनुसार नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताएका छन् ।

नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले चालु आ.व.को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताएका छन् । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताए । कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको समेत बताए ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार १२:१३
हजुरको प्रतिक्रिया