२०८३ साउन २१ गते बिहीबार

निर्वाचन आयोगप्रति बाबुरामको कटाक्ष- वादी-प्रतिवादी कसरी मिलेर बस्ने ?

निर्वाचन आयोगप्रति बाबुरामको कटाक्ष- वादी-प्रतिवादी कसरी मिलेर बस्ने ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ ३१ गते सोमबार ०८:४७

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगकाे भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन्। वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्। जसपाका...

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगकाे भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन्।

वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्कालाई गरेको कारवाहीलाई आयोगले आइतबार मान्यता दिन नसकिने बताएको थियो।

यसपछि आयोगको भूमिकाप्रति भट्टराईले सोमबार बिहान प्रश्न उठाएका छन्। यसमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर हेरेका छन्।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु। चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु! वाह।’

यहाँ भट्टराईले मुद्दा हेर्ने कार्यालय भनेर निर्वाचन आयोगलाई संकेत गरेका हुन् जहाँ जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई कारवाही गरेको पत्र पेश गरेका थिए।

जसपामा ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारमा गएपछि बिबाद छ। भट्टराई र यादव पक्ष भने ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका छन्।

पछिल्लो समय जसपाभित्र बिबादले प्रदेश नम्बर २ सरकारबाट ठाकुर पक्षका मन्त्री हटाइएका छन् भने त्यहाँ कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा लगिएको छ।

प्रकाशित मिति २०७८ जेठ ३१ गते सोमबार ०८:४७
हजुरको प्रतिक्रिया