२०८३ असोज २४ गते शनिबार

आजदेखि पोखरा–छेन्दु नियमित उडान

आजदेखि पोखरा–छेन्दु नियमित उडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार ०३:२०

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायीक उडान सुरु भएको छ । १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज आजै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सोही विमान आज नै पोखराबाट छेन्दुका लागि...

पोखरा ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायीक उडान सुरु भएको छ ।

१२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज आजै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सोही विमान आज नै पोखराबाट छेन्दुका लागि नेपाली यात्रु लिएर उडेको छ ।

आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्स चहाजले उडान भरेको हो ।

१२८ जना यात्र लिएर आएको विमानले १२६ जना यात्रु लिएर उडेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको नेतृत्वमा पर्यटन व्यवासायी र केही संचारकर्मीसहित टोली चीन प्रस्थान गरेका छन् ।

विभिन्न सहरमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित ८ दिन नेपाली टोली चीनमा रहने जनाइएको छ ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेको छ । तर अन्य देशबाट पोखरामा चार्टर फ्लाइट भएपनि पोखराबाट भने पहिलो अन्तर्राष्ट्रिय चार्टर फ्लाइट हो ।

पहिलो फ्लाइट भएको एक हप्तापछि दोश्रो फ्लाइट मा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग पत्रकारहरूको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्रो फ्लाइटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरू जाने तयारी गरिएको छ ।

 

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार ०३:२०
हजुरको प्रतिक्रिया