२०८३ साउन २१ गते बिहीबार

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार ०४:५४

काठमाडौं । तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ । बुधवार काठमाडौंको मण्डला नाटकघरमा महोत्सव शुरु भएको हो । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूहरुको भोगाइ, यात्राको अनुभव साटासाटका रुपमा महोत्सवलाई...

काठमाडौं ।

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ ।

बुधवार काठमाडौंको मण्डला नाटकघरमा महोत्सव शुरु भएको हो । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूहरुको भोगाइ, यात्राको अनुभव साटासाटका रुपमा महोत्सवलाई अघि बढाइएको बताए । उनले रैथाने ज्ञानको उज्यालोको रुपमा महोत्सवलाई लिएको बताउँदै अग्रजले दिएको सीप, ज्ञानलाई लिएर त्यही मार्गदर्शनबाट आफूहरु अघि बढिरहेको पनि बताए । उनले आफूहरुले जानेको ज्ञान आउँदो पुस्तामा पुस्तान्तरण गर्नका लागि महोत्सव गरिएको जिकिर गरे ।

उनले रैथाने समाजको बारेमा एकीकृत भइ महोत्सवमा छलफल गर्ने बताए भने महोत्स्वमा १२ देशका पाहुनालाई स्वागत गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०४:५४
हजुरको प्रतिक्रिया