२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन

सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १२ गते बुधबार ०९:२२

बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन÷तीन महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए ।

काठमाडौं ।

संसदीय समितिले सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन÷तीन महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए ।

उनले बिपी र अरनीको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने गरी यातायात सुचारु गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन÷तीन महिनामा प्रगति विवरण सार्वजनिक लेखा समितिमा उपलब्ध गराउनुस् । बिपी र अरनिको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने र यातायात चल्नेगरी यातायातसुचारु गर्ने व्यवस्था गर्नुस् । यातायात बन्द नहोस् । हुलाकी, बिपी, अरनिको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने । सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिने ।’

समितिले हुलाकी, बिपी, अरनीको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०९:२२
हजुरको प्रतिक्रिया