२०८३ साउन २१ गते बिहीबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ०९:१९

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको थियो ।

 

काठमाडौं ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिष्यसभाको बैठक आज पनि बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान सवा ११ बजे बस्नेछ ।

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय भएको छ ।

त्यस्तै आजको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा लोक सेवा आयोगको ६५ औं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नेछन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्नेछन् भने नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत पनि पेश गर्ने कार्यसूची छ ।

त्यसैगरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजे बस्दैछ । विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि हिजो स्थगित गरिएको थियो

कुलमानलाई हटाएकोमा विपक्षी दलहरु विशेष गरी माओवादी केन्द्र आक्रोशित भएको छ ।

कुलमानको बर्खास्ती बारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।

प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको चेतावनी छ ।

संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ ।

 

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया