२०८३ साउन २१ गते बिहीबार

कास्की कांग्रेसका सभापतिलाई कारबाही गर्न नेविसंघका ११ केन्द्रिय सदस्यको माग

कास्की कांग्रेसका सभापतिलाई कारबाही गर्न नेविसंघका ११ केन्द्रिय सदस्यको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ११:१३

७ दिनभित्र कारबाही नभए सशक्त आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

पोखरा ।

नेपाल विद्यार्थी (नेवि) संघका ११ केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गरेका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ केन्द्रिय सदस्यले बिहिवार पत्रकार सम्मेलन गर्दै कास्की सभापति बराल पार्टी बिक्री गर्न तत्पर रहेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।

ती ११ सदस्यले बराललाई कारबाही गर्न कांग्रेस केन्द्रीय अनुशासन समितिलाई पत्र समेत पठाएका छन् । बरालले नेविसंघका उम्मेदवारलाई मत माग्नुपर्नेमा सामाजिक सन्जालमार्फत स्ववियु निर्वाचनमा स्वतन्त्र लगायत आफ्नो इच्छाले मताधिकार प्रयोग गर्न अपिल गरेको उनीहरुको आरोप छ ।

‘ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस बिक्रि गर्न तत्पर हुने नालायक पार्टी सभापति किशोरदत्त बराललाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निलम्बनको लागि नेविसंघ केन्द्रिय समिति र आम कस्केली काँग्रेसीहरु जोडदार माग गर्दछौं’, प्रेस विज्ञप्ती तथा कारबाही पत्रमा भनिएको छ ।

स्ववियु निर्वाचनमा बन्द कोठाभित्रबाट क्रियाशिल विद्यार्थी माझ लोकप्रिय नेतालाई गुटबन्दीका आधारमा हतोत्साहित बनाउदै उम्मेदवार हस्तक्षेप गरेको नेविसंघ केन्द्रीय सदस्य अन्जान थापाले बताए ।

निर्वाचनको सन्दर्भमा उद्योगी, व्यापारीबाट चन्दा संकलन गर्ने तर निर्वाचनमा कहि कतै अभिभावकिय भुमिका समेत निर्वाह नगरी आर्थिक अपचलन गरेको उनको आरोप छ ।

७ दिनभित्र कारबाही नभए सशक्त आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

कास्की सभापति बरालले आफुले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताए । स्ववियु निर्वाचनमा आफुले नेविसंघका कुनैपनी उम्मेदवारलाई हराउन नलागेको र टिकटमा हस्तक्षेप पनि नगरेको उनले दाबी गरे ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ११:१३
हजुरको प्रतिक्रिया