एसईई ११ बजेसम्म सञ्चालन हुने भएकाले परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी
काठमाडौं ।
काठमाण्डौमा आज राजावादी र गणतन्त्रवादीले गर्न लागेको छुट्टाछुट्टै प्रदर्शन गर्न १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने भएको छ ।
एसईई परिक्षा ११ बजेसम्म सञ्चालन हुने भएकाले १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने भएको समाजवादी मोर्चाले जनाएको छ ।
राजावादीहरुको प्रदर्शन पनि ११ बजेपछि शुरू गर्ने तयारी छ । प्रशासनले राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र समाजवादी मोर्चाका लागि भृकुटीमण्डपमा ठाउँ तोकेको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ ।
आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनहरुले शक्ति प्रदर्शनको तयारी गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो अपिल गरेको हो ।
आयोगले निकालेको विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन भनिएको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०९:३५




