काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन् ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बनेको टिप्पणी गरे । उनले घरमा आगो र प्रहरी माथि समेत ढुंगा प्रहार गरेको प्रति आपत्ति जनाउँदै एक/दुई जना मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप समेत लगाए । उनले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गरे ।
उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भने जस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् मण्डलेहरुले । एक/दुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरुको चरित्र र राजावादी मण्डलेहरुको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी र बुझ्ने गरी काठमाडौंमा प्रदर्शित भयो ।’
इतिहासलाई पछाडि फर्काउने दुःशााहस नगर्न उनको चुनौती छ ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०४:१५




