२०८३ असोज २५ गते आइतबार

पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन

पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १५ गते शनिबार १२:१०

राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन्...

राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

प्रदर्शनकारीहरुले पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना गरौँ, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, जोर्नालिजम इज नट अ क्राइम, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायतका प्लेकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार १२:१०
हजुरको प्रतिक्रिया