२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १५ गते शनिबार ०३:४४

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।

नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो ।

पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए ।

त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिस ४३ ओभरमा एक सय ५४ रनमा अलआउट भयो ।

आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

पुलिसका करन केसी र सागर ढकालले समान तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् ।

प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०३:४४
हजुरको प्रतिक्रिया