२०८३ साउन २१ गते बिहीबार

हङकङमा हुने चार देशीय क्रिकेट शृंखलाको खेल तालिका सार्वजनिक

हङकङमा हुने चार देशीय क्रिकेट शृंखलाको खेल तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०९:२६

पहिलो खेलमा नेपालले अप्रिल ९ अथार्त चैत २७ मा कतारसँग खेल्नेछ । त्यस्तै अप्रिल १० अथार्त चैत २८ मा कुवेतसँग र अप्रिल १२ अथार्त चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ ।

तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्पको घोषणा

पोखरा ।

हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हङकङ चाइनाको आयोजनामा हुने शृंखला आगामी अप्रिल ९ अथार्त यही चैत २७ गतेदेखि शुरु भएर अप्रिल १३ तारिख अथार्त चैत ३१ मा सकिनेछ ।

हङकङमा अप्रिल ९ देखि हङकङ, नेपाल, कुवेत र कतारका बीचमा टी–२० आई शृंखला हुँदैछ जहाँ सबै टोलीले एकअर्कसँग १–१ खेल खेल्ने छन् ।

पहिलो खेलमा नेपालले अप्रिल ९ अथार्त चैत २७ मा कतारसँग खेल्नेछ । त्यस्तै अप्रिल १० अथार्त चैत २८ मा कुवेतसँग र अप्रिल १२ अथार्त चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानका लागि अप्रिल १३ तारिख अथार्त् चैत ३१ मा खेल हुनेछ ।

चार देशीय टी–२० क्रिकेट श्रृंखलाकोे तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्पको घोषणा गरिएको छ ।

अप्रिल २ तारिखदेखि भैरहवामा सञ्चालन हुने यस शिविरका लागि २० खेलाडी छनोट भएका छन् ।

टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आसिफ शेख विकेटकिपरको भूमिकामा रहनेछन् । क्यानले हिजो रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

टोलीमा रहेका अन्य खेलाडीहरूमा किरण ठगुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्र सिंह ऐरी, रूपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दिपेन्द्र रावत, शाहब आलम र बिबेक यादव रहेका छन् ।

नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल घोषित भएका छन् ।

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०९:२६
हजुरको प्रतिक्रिया