२०८३ असोज २४ गते शनिबार

नयाँ फिचरसहितकाे इलेक्ट्रिक टु –ह्विलर एथरको पाेखराबाट विक्रीवितरण सुरू

नयाँ फिचरसहितकाे इलेक्ट्रिक टु –ह्विलर एथरको पाेखराबाट विक्रीवितरण सुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०७:१२

पोखरा । लोकप्रिय इलेक्ट्रिक टु –ह्विलर एथरको नयाँ स्कुटर पोखरा बजारमा आएको छ । इलेक्ट्रीक स्टार्टअप कम्पनी एथर इनर्जीले सन् २०२५ मा सार्वजनिक गरेको नयाँ स्कुटर पोखरामा विक्रीवितरण सुरू भएको हो । कम्पनीले बजारमा एथर ४५० स्कुटरको...

पोखरा ।
लोकप्रिय इलेक्ट्रिक टु –ह्विलर एथरको नयाँ स्कुटर पोखरा बजारमा आएको छ ।

इलेक्ट्रीक स्टार्टअप कम्पनी एथर इनर्जीले सन् २०२५ मा सार्वजनिक गरेको नयाँ स्कुटर पोखरामा विक्रीवितरण सुरू भएको हो ।

कम्पनीले बजारमा एथर ४५० स्कुटरको एक्स र एस दुवै मोडलमा अपडेटेड भर्सन सार्वजनिक गरेको छ । यी स्कुटरमा नयाँ फिचर थप गरेको छ । यसको मल्टी मोड ट्रयाक्सन कन्ट्रोल फिचरका साथै रेन्जमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ ।

एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि रहेको छ । पोखरा नयाँबजार स्थित आफ्नै भवनमा ‘एथर एक्सपिरियन्स सेन्टर’ रहेको छ र यहाँबाटै एथरको स्कुटर विक्री हुने गर्दछ । डाइरेक्टर सन्ध्या पौडेलका अनुसार पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशन पनि व्यविस्थत छ । अटोवेज भवन र लेकसाइडमा चार्जिङ स्टेशन पहिले नै स्थापना भएको हो ।

अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि विगत २० वर्ष भन्दा अगाडिदेखि पोखरामा सेवा दिइरहेको छ ।

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०७:१२
हजुरको प्रतिक्रिया