२०८३ साउन २१ गते बिहीबार

आज ईद पर्व, इस्लाम धर्मावलम्बीहरुले धुमधामका साथ इद उल फित्र मनाउँदै

आज ईद पर्व, इस्लाम धर्मावलम्बीहरुले धुमधामका साथ इद उल फित्र मनाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०९:१२

इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बीहरु पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।

पोखरा ।

इस्लाम धर्मावलम्बीहरुले आज ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो ।

इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बीहरु पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ ।

इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०९:१२
हजुरको प्रतिक्रिया