२०८३ साउन २१ गते बिहीबार

गोरखामा शारीरिक रुपमा असक्त महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

गोरखामा शारीरिक रुपमा असक्त महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ११:४२

पीडित महिलाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि गुरुङलाई चैत १५ गते पक्राउ गरिएको थियो । चैत १६ गते शनिबार परेका कारण चैत १७ गते आइतबार गुरुङविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

गोरखा ।

गोरखामा शारीरिक रूपमा असक्त १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङका ४२ वर्षीय सुचन्द्र गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीका अनुसार गुरुङले चैत १४ गते दिउँसो २ बजेको समयमा ती महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

पीडित महिलाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि गुरुङलाई चैत १५ गते पक्राउ गरिएको थियो ।

चैत १६ गते शनिबार परेका कारण चैत १७ गते आइतबार गुरुङविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

हाल प्रहरीले पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ११:४२
हजुरको प्रतिक्रिया