२०८३ असोज २४ गते शनिबार

घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार १२:३८

काठमाण्डौ । बुधबार सुनको भाउ उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सय रुपैयाँ घटेर ताेलाकाे एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ अहिलेसम्मकै...

काठमाण्डौ ।

बुधबार सुनको भाउ उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सय रुपैयाँ घटेर ताेलाकाे एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलामा दुई हजार ३५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १२:३८
हजुरको प्रतिक्रिया