२०८३ साउन २१ गते बिहीबार

युराेकप : क्राेएसिया र चेक तथा इंग्ल्याण्ड र स्कटल्याण्डकाे बराबरी

युराेकप : क्राेएसिया र चेक तथा इंग्ल्याण्ड र स्कटल्याण्डकाे बराबरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ५ गते शनिबार ०८:०८

पाेखरा ।  युरोकप २०२० अन्तर्गतकाे जारी प्रतियाेगितामा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । यस्तै, गएराती नै सम्पन्न खेलमा इङल्यान्डले पनि स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ । शुक्रबारबराबरीमा राेकिएकाे...

पाेखरा ।  युरोकप २०२० अन्तर्गतकाे जारी प्रतियाेगितामा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । यस्तै, गएराती नै सम्पन्न खेलमा इङल्यान्डले पनि स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ ।

शुक्रबारबराबरीमा राेकिएकाे क्रोएसियाको थप यात्रा कठीन बनेको छ । चेकका लागि प्याट्रिक सिकले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै टीमलाई अग्रता दिलाए ।  जारी युराेकपमा सिककाे त्याे व्यक्तिगत तेस्राे गाेल थियाे ।  तर चेककाे त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभान पेरिसिचले ४७ औं मिनेटमा बराबरी गोल गरे । बाँकी खेलमा प्राप्त अवसर दुवै टाेलीले सदुपयाेग गर्न नसक्दा खेल बराबरीमा टुङ्गियाे ।

क्रोएसिया यसअघि इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । दुई खेल खेलेको चेक ४ अंक सहित समूह डीको शीर्ष स्थानमा पुगेको छ भने एक जित र एक बराबरीमा राेकिएकाे इङल्यान्ड चेकसँग गाेलअन्तरले पछि पर्दै अंकतालिकाकाे दाेस्राे स्थानमा छ । शुक्रबारकाे खेल बराबरीमा सकेका क्रोएसिया र स्कटल्यान्ड एक अंकमा सिमित छन् ।

प्रकाशित मिति २०७८ असार ५ गते शनिबार ०८:०८
हजुरको प्रतिक्रिया