२०८३ असोज २३ गते शुक्रबार

काेपा अमेरिका : अर्जेन्टिना र चिलीकाे पहिलाे जित, उरूग्वे र बाेलिभिया पराजित

काेपा अमेरिका : अर्जेन्टिना र चिलीकाे पहिलाे जित, उरूग्वे र बाेलिभिया पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ५ गते शनिबार ०८:४८

पाेखरा । काेपा अमेरिकामा अर्जेन्टिना र चिलीले आफ्नाे पहिलाे जित निकालेका छन् । सनिबार सम्पन्न खेलमा अर्जेन्टिनाले उरूग्वे तथा चिलीले बाेलिभियालाइ समान १- ० गाेल अन्तरले पराजित गर्दै आफ्नाे पहिलाे जित निकालेका हुन् । आफ्नाे पहिलाे...

पाेखरा । काेपा अमेरिकामा अर्जेन्टिना र चिलीले आफ्नाे पहिलाे जित निकालेका छन् । सनिबार सम्पन्न खेलमा अर्जेन्टिनाले उरूग्वे तथा चिलीले बाेलिभियालाइ समान १- ० गाेल अन्तरले पराजित गर्दै आफ्नाे पहिलाे जित निकालेका हुन् ।

आफ्नाे पहिलाे खेलमा अर्जेन्टिनालाइ एक एक गाेलकाे बराबरीमा राेकेकाे चिलीका लागि खेलकाे १० औं मिनेटमा बेन ब्रेरिटाेनले गरेकाे गाेल नै बाेलिभियाकाे हारका लागि निर्णायक बन्याे । खेलभर गाेलका लागि चिलीले गरेका दर्जनाै प्रयास बाेलिभियाका गाेलकिपरले विफल पारिदिएका थिए ।

यता, सनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पनि आफ्नाे पहिलाे जित दर्ता गरेकाे छ । अर्जेन्टिनाले स्वरेज, काभानीजस्ता स्टारहरूले भरिएकाे उरूग्वेलाइ १-० गाेल अन्तरले पराजित गर्दै पहिलाे जित निकालेकाे हाे । अर्जेन्टिनाकाे जितका लागि कप्तान लियाेनेल मेस्सीकाे पासमा खेलकाे १३ औं मिनेटमा गुइडाे राेड्रिगेजले गाेल गरे । खेलकाे बाँकी पहिलाे तथा दाेस्राे हाफमा अन्य कुनै गाेल हुन सकेन र काेपा अमेरिकामा जारी प्रतियाेगिताकाे आफ्नाे पहिलाे खेलमा नै उरूग्वेले पराजय ब्यहाेर्याे ।

जितपछि समूह वि मा अर्जेन्टिना एक जित र एक बराबरीका साथ अंकतालिकाकाे शिर्षस्थानमा छ । यस्तै समान एक जित र एक बराबरी खेलेकाे चिली समान अंकका साथ तालिकाकाे दाेस्राे स्थानमा विराजमान हुँदा एक खेल जितेकाे पाराग्वे तेस्राे स्थानमा छ । दुइ खेल गुमाएकाे बाेलिभिया अंकतालिकाकाे पुछारमा छ ।

प्रकाशित मिति २०७८ असार ५ गते शनिबार ०८:४८
हजुरको प्रतिक्रिया