२०८३ असोज २४ गते शनिबार

पोखरा-१६ मा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

पोखरा-१६ मा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ०३:१६

पोखरा । पोखरा महानगरपालिका-१६ तुम्केमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । वडाभित्र रहेका खेलाडी पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले नमुना खेल मैदानमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ...

पोखरा ।

पोखरा महानगरपालिका-१६ तुम्केमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

वडाभित्र रहेका खेलाडी पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले नमुना खेल मैदानमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता चैत २२ देखि २४  गतेसम्म  हुनेछ । प्रतियोगितामा वडा भित्रका महिला र पुरुष गरी ११ टिमको सहभागिता रहने नमूना क्लबका सचिव मन गुरुङ उदिमले जानकारी दिए। खेलाडीलाई नयाँ ऊर्जा थप्नन साथै खेलको माध्यमबाट वडालाई चिनाउनको लागि भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको गुरुङले बताए ।

प्रतियोगितामा प्रथम हुने पुरुष टाेलिले  ३० हजार र दोस्रो हुने टाेलिले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ्न । महिलातर्फ प्रथम हुनेले नगद १० हजार र दोस्रो हुनेले ८ हजार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०३:१६
हजुरको प्रतिक्रिया