२०८३ साउन २१ गते बिहीबार

अर्थ मन्त्रालयले कटौती गर्दा दशौं राष्ट्रिय खेलकुद प्रभावितः खेलकुदमन्त्री चौधरी

अर्थ मन्त्रालयले कटौती गर्दा दशौं राष्ट्रिय खेलकुद प्रभावितः खेलकुदमन्त्री चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ०३:५१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफ्नो मन्त्रालय पन्छिन नखोजेको र अर्थ मन्त्रालयले खेलकुदका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत काटिदिँदा समस्या उत्पन्न भएको बताएका छन्...

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफ्नो मन्त्रालय पन्छिन नखोजेको र अर्थ मन्त्रालयले खेलकुदका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत काटिदिँदा समस्या उत्पन्न भएको बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीवारको बैठकमा खेलकुदमन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफू पन्छिन नखोजेको र दशौं खेलकुदका लागि छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत काटिँदा त्यसको सुनिश्चिततामा केही समस्या हुँदा प्रभावित भएको बताएका छन् । मन्त्री चौधरीले काटिएको बजेट नआएको खण्डमा खर्च भएको रकम कहाँबाट तिर्ने भन्ने समस्याका कारण केही समय तयारी प्रभावित भएको पनि स्वीकार गरे ।

बजेट पनि खर्च गर्ने र उपलब्धि पनि नहुने अवस्था आउन नदिने गरी काम गर्दा दशौं आयोजनामा ढिलाइ भएको मन्त्री चौधरीको दाबी छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०३:५१
हजुरको प्रतिक्रिया