२०८३ कात्तिक ११ गते मंगलबार

बेनीमा डेढ सयभन्दा बढीले कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) लिए

बेनीमा डेढ सयभन्दा बढीले कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) लिए

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ०४:१६

म्याग्दी । फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा डेढ सयभन्दा बढीले कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) तालिम लिएका छन् । अमेरिकन हार्ट एसोसिएशन, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग...

म्याग्दी ।

फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा डेढ सयभन्दा बढीले कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) तालिम लिएका छन् । अमेरिकन हार्ट एसोसिएशन, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजनामा स्वास्थ्यकर्मी सहित १ सय ५२ जनालाई तालिम प्रदान गरिएको हो ।

मुटु वा फोक्सो बन्द हुने अवस्थामा पुगेको थाहा पाएपछि सिपिआर गर्नुपर्छ । मुटु वा फोक्सोले निकै कम काम गरेको छ भने पहिले छातीमा हर्कुच्चाले थिच्नुपर्छ । त्यसपछि घाँटीमा केही अड्किएर वा घाँटी बांगिएर सास फेर्ने बाटो रोकिएको हेरेर त्यस्तो भए खुलाउनुपर्छ । त्यसपछि मुखबाट सास दिनुपर्छ । पाँचपटक यस्तो प्रयास गर्दा व्यक्तिले पुनः जीवन पाउन सक्छ । हरेक क्षेत्रमा हुने यस्ता घटना रोक्न कर्मचारीलाई सिपिआर तालिम आवश्यक हुने बताइएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालयमा आयोजित तालिममा १ सय ३५ जना स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थामा आवद्ध १७ जनाले तालिम लिएका छन् । तालिमको अमेरिकन हार्ट एसोसिएशनकी प्रशिक्षक प्रतिवेदन डंगोल सहित ६ जना स्वास्थ्यकर्मीले सहजीकरण गरेका थिए । करिब ५ घण्टाको तालिममा मुटु वा फोक्सो बन्द भएर हुने त्यही मृत्युलाई रोक्न आवश्यक विधि सहित सिपिआरको आधारभूत ज्ञान प्रदान गरिएको थियो ।

तालिममा मुटुको चाल बन्द भएर कोही व्यक्ति अचानक ढलेको अवस्थामा चाललाई पुरानै अवस्थामा ल्याउन आवश्यक पर्ने सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गरिएको थियो । चाल बन्द भएका बिरामीलाई सुताएर बिस्तारै–बिस्तारै छाती थिच्ने गरिन्छ । यस्तो उपचार चिकित्सकले मात्रै होइन, अन्य व्यक्तिले पनि सजिलै गर्न सकिने भएर बिरामी ढलेको अवस्थामा तत्काल अस्पताल पु¥याउनुभन्दा पहिला ढलेकै ठाउँमा सुताएर बिरामीको छाती बिस्तारै थिच्नुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको थियो । कतिपयले सिपिआर गर्दा गल्ती गरेको पाइन्छ, अस्पतालमा त स्वास्थ्यकर्मीले जानेकै हुन्छन् । कसैको नाडी छाम्दा थाहा नभए, मुटुको धड्कन र श्वासप्रश्वासमा धड्कन नभए तुरुन्तै सिपिआर गर्र्नुपर्छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०४:१६
हजुरको प्रतिक्रिया