युराे २०२० अन्तर्गत गएराती सम्पन्न खेलमा स्पेन र पाेल्याण्डले बराबरी खेलेका छन् । ग्रुप इ अन्तर्गतकाे दाेस्राे खेलमा पुरै समय स्पेनले पाेल्याण्डलाइ दवावमा राखेपनि जित हात पार्न भने सकेन् ।
खेलकाे २५ औं मिनेटमा अल्भाराे माेराताकाे गाेलबाट अग्रता लिएकाे स्पेनले त्यसलाइ कायम राख्न नसक्दा खेल बराबरीमा टुङ्गियाे । पाेल्याण्डका लागि खेलकाे ५४ औं मिनेटमा राेबर्ट लेवान्डाेस्कीले बराबरी गाेल फर्काए ।
खेलमा ७७ प्रतिशत बल पाेजिसन राखेर पनि स्पेन पाेल्याण्डलाइ पराजित गर्न असफल रह्याे । जारी प्रतियाेगितामा याे स्पेनकाे दाेस्राे ड्र हाे । अंकतालिकामा स्पष्ट ३ अंक जाेड्न असफल स्पेनकाे नकआउट चरण याे नतिजाले अप्ठ्याराेमा परेकाे छ ।
समुह इ मा एक जित र एक बराबरीसहित ४ अंक जाेडेकाे स्विडेन अंकतालिकाकाे शिर्षस्थानमा छ । दुइमध्ये एक खेल जितेकाे स्लाेभाकिया ३ अंकसहित दाेस्राे स्थानमा रहँदा स्पेन २ वटा खेलकाे बराबरीसहित २ अंक जाेडेर अंकतालिककाे तेस्राे स्थानमा छ । मात्र एक अंक जाेडेकाे लेवाण्डाेस्कीकाे पाेल्याण्ड अंकतालिकाकाे पुछारमा छ ।
प्रकाशित मिति २०७८ असार ६ गते आइतबार ०६:४८




