पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।
यी दुई टिमबीच खेल बेलुका ६ बजे दशरथ रंगशालामा हुनेछ ।
सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई अंकका साथ पाचौं स्थानमा छ ।
चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल सुपर लिगमा हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् भने पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ ।
नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एक तिहाई खेल सकिसकेको छ ।
७ टोली सहभागि लिगमा अहिलेसम्म खेल नजित्ने र गोल पनि नगर्ने टिममा झापा एफसी छ । झापा एफसीले यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको थियो ।
अर्कोतर्फ अहिलेसम्म खेलको दुई खेल जित्दै शतप्रतिशत जित निकाल्ने एक्लो टोलीको रुपमा एफसी चितवन छ । चितवन अंकतालिकाको शीर्ष स्थानमा रहँदा झापा पाँचौ स्थानमा छ ।
प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०९:३७