२०८३ असोज २३ गते शुक्रबार

इटली र वेल्स युराेकपकाे अन्तिम-१६ मा

इटली र वेल्स युराेकपकाे अन्तिम-१६ मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ७ गते सोमबार १२:१६

पाेखरा । जारी युराेकपमा इटलीले आफ्नाे अपराजित यात्रालाइ कायमै राखेकाे छ । समूहचरणका तीनवटै खेल जितेकाे इटलीले आइतबार वेल्सलाइ १- ० गाेल अन्तरले पराजित गर्दै युराेकपमा आफ्नाे बलियाे दावेदारीसमेत प्रस्तुत गरेकाे छ । वेल्सविरूद्द...

टर्की युराेकपकाे समूहचरणबाटै बाहिरियाे

पाेखरा । जारी युराेकपमा इटलीले आफ्नाे अपराजित यात्रालाइ कायमै राखेकाे छ । समूहचरणका तीनवटै खेल जितेकाे इटलीले आइतबार वेल्सलाइ १- ० गाेल अन्तरले पराजित गर्दै युराेकपमा आफ्नाे बलियाे दावेदारीसमेत प्रस्तुत गरेकाे छ ।

वेल्सविरूद्द खेलकाे ३९ औं मिनेटमा माट्टियाे पेस्सिनाले गरेकाे निर्णायक गाेलकै कारण समूहचरणमा इटली शतप्रतिशत नतिजा निकाल्न सफल रह्याे । यसक्रममा इट्लीले कुल ७ गाेल गर्याे भने १ गाेलपनि व्यहाेर्नु परेन् । इटलीले समूहचरणमा टर्की र स्विजरल्याण्डलाइ समान ३-० गाेलअन्तरले पराजित गर्दा वेल्सविरूद्दकाे खेल १-०  गाेल अन्तरले जित्याे ।

इटलीले समूहचरणमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित राउण्ड अफ सिक्सटिन सुरक्षित गर्दा समूह ए बाटै इटलीसँग पराजित हुनुका बाबजुद वेल्स राउण्ड अफ सिक्सटिनमा पुग्ने भाग्यानी टाेली बन्याे । वेल्सले स्विजरल्याण्डसँग १- १ गाेलकाे बराबरी, टर्कीसँग २-० गाेलअन्तरकाे जित तथा इटलीसँग १ -० गाेलअन्तरले पराजित हुँदै ४ अंकका साथ अन्तिम १६ मा स्थान बनाएकाे हाे ।

समान ४ अंक नै जाेडेकाे स्विजरल्याण्डले वेल्ससँग गाेलअन्तरले पछि पर्दै अन्तिम १६ मा पुग्ने पहिलाे माैका गुमाउन पुग्याे । स्विजरल्याण्डसँग अब समूहचरणका उत्कृष्ट तेस्राे मध्यबाट अन्तिम १६ मा पुग्ने एक मात्र विकल्प बाँकी छ । जुन उसका लागि त्यति सहज छैन् ।

स्विजरल्याण्डले वेल्ससंग १- १ गाेलकाे बराबरी, इटलीसँग ३-० गाेलअन्तरकाे पराजय तथा अन्तिम खेलमा अंकतालिकाकाे पुछारमा रहेकाे टर्कीलाइ ३-१ ले पराजित गर्दै ४ अंक जाेडेकाे थियाे ।

अंकतालिकाकाे पुछारमा रहेकाे टर्कीले कुनैपनि अंक जाेडन सकेन ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार १२:१६
हजुरको प्रतिक्रिया