२०८३ साउन २१ गते बिहीबार

काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २४ गते सोमबार ०१:२४

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितल निवास नजिकसम्म प्रदर्शन गरेका...

काठमाडौं ।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितल निवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको बचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पत्ती जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो ।

सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् ।

प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०१:२४
हजुरको प्रतिक्रिया