२०८३ असोज २३ गते शुक्रबार

युराेकपमा आज : ‘गर या मर’ काे अवस्थामा युक्रेन र अस्ट्रिया

युराेकपमा आज : ‘गर या मर’ काे अवस्थामा युक्रेन र अस्ट्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ७ गते सोमबार १२:४०

पाेखरा । युराे २०२० अन्तर्गत साेमबार समूह 'सि' बाट समुह चरणका अन्तिम खेलहरू हुँदैछन् । जहाँ युक्रेनले अस्ट्रिया तथा नेदरल्याण्डले नर्थमेसाेडाेनियासँग भिडन्त गर्नेछन् । समूहका २ खेल जितेकाे नेदरल्याण्ड सुरक्षित छ । मेसाेडाेनियासँगकाे...

पाेखरा । युराे २०२० अन्तर्गत साेमबार समूह ‘सि’ बाट समुह चरणका अन्तिम खेलहरू हुँदैछन् । जहाँ युक्रेनले अस्ट्रिया तथा नेदरल्याण्डले नर्थमेसाेडाेनियासँग भिडन्त गर्नेछन् ।

समूहका २ खेल जितेकाे नेदरल्याण्ड सुरक्षित छ । मेसाेडाेनियासँगकाे खेल जितेर नेदरल्याण्ड आफ्नाे अपराजित यात्रा कायम राख्दै युराे २०२० मा बलियाे दाबेदारी प्रस्तुत गर्न चाहन्छ भने मेसाेडाेनिया प्रतियाेगितामा आफ्नाे पहिलाे जित खाेज्दैछ । नेदरल्याण्डले अस्ट्रियालाइ २-० तथा युक्रेनलाइ ३-२ ले पराजित गरेकाे हाे ।

याे समूहबाट उपविजेताका रूपमा अन्तिम १६ मा पुग्न युक्रेन र अस्ट्रिया दुवैलाइ गर या मरकाे स्थिति छ । यसअघि युक्रेनले नर्थ मेसाेडाेनियालाइ २-१ ले पराजित गरेकाे छ भने नेदरल्याण्डसँग २-३ गाेल अन्तरले पराजित भएकाे छ । यता, अष्टियाले नर्थ मेसाेडाेनियालाइ ३-१ ले पराजित गर्दा नेदरल्याण्डसँग ०- २ गाेलकाे पराजय ब्यहाेरेकाे छ ।

समूहचरणमा अस्ट्रियाले भन्दा १ गाेल धेरै गरेकाे युक्रेन आजकाे खेलमा स्पष्ट जित वा बराबरीकाे लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ भने अष्ट्रियाका लागि युक्रेनविरूद्द स्पष्ट जितकाे खाँचाे छ । बराबरीले अष्टिया गाेलअन्तरमा युक्रेनसँग पछि पर्नेछ । जसले उपविजेताका रूपमा अन्तिम १६ मा पुग्ने उसकाे लक्ष्यमा धक्का लाग्ने छ । स्पष्ट जितकाे खाेजी एकातिर छ भने बराबरी या कम गाेल अन्तरकाे पराजयले पनि उत्कृष्ट तेस्राे टाेलीका रूपमा अन्तिम १६ मा पुग्ने विकल्प बाँकी रहेकाे हुँदा यी दुइ टाेलीकाे आजकाे रणनीति हेर्न लायक हुनेछ ।

दुबै टाेलीका लागि गर या मरकाे अवस्था हुँदा टाेलीमा केहि परिवर्तन हुनसक्ने अनुमान गरिएकाे छ ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार १२:४०
हजुरको प्रतिक्रिया