२०८३ साउन २१ गते बिहीबार

पोखरामा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा

पोखरामा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०९:३७

५५ वटा रुम रहेको होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र एउटा प्रेसिडेन्सियल स्विट रुम रहेको होटलका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।

पोखरा ।

पोखरामा नयाँ नयाँ होटल थपिने क्रम बढिरहँदा अहिले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा आएको छ ।

पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले उक्त होटल सञ्चालन ल्याएका हुन् ।

होटल व्यवस्थापन पक्षले सोमबार पत्रकार सम्मेलन गरी नयाँ होटलबारे जानकरी दिएको हो । चिल्ली ग्रुपअन्तर्गत सञ्चालनमा आएको होटल नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालनमा आएको हो ।

होटल पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा सञ्चालनमा आएको हो ।

५५ वटा रुम रहेको होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र एउटा प्रेसिडेन्सियल स्विट रुम रहेको होटलका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।

स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पालगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

आधुनिक डिजाइन र नेपाली सैलीलाई मिक्स गरेर निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध हुने होटलकका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०९:३७
हजुरको प्रतिक्रिया