२०८३ साउन २१ गते बिहीबार

चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला भोलीदेखि हङकङमा

चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला भोलीदेखि हङकङमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०९:४१

शृंखलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपाली टोलीको बिदाइ, नेपालले कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने

पोखरा ।

हङकङमा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

हिजो नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरेका हुन् ।

भोली बुधबारबाट शुरु हुने शृंखलाका लागि नेपाली टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो शृंखलाको लागि जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री कप खेले लगतै पाँच दिनको छोटो तयारी भए पनि टोली लयमा रहेको र जीतको लागि खेल्ने मल्लको विश्वास छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी–२० श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

तयारी राम्रो रहेको र टिम पनि सन्तुलित रहेकाले हङकङमा राम्रो क्रिकेट खेल्नेमा उनी विश्वस्त छन् । नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी २० श्रृंखला खेल्दैछ ।

शृंखलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् ।

नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल १० अप्रिलमा कुवेत र तेस्रो खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका छ ।

लिगचरणमा शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०९:४१
हजुरको प्रतिक्रिया