२०८३ साउन २१ गते बिहीबार

गोरखा मेयर कपको उपाधि वडा नम्बर ३ लाई

गोरखा मेयर कपको उपाधि वडा नम्बर ३ लाई

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार १०:१७

दुवै टिमबीच प्रतिस्पर्धात्मक देखिएको खेलमा वडा नम्बर ९ ले सुरुवाती अग्रता लिए पनि वडा नम्बर ३ ले उत्कृष्ट कमब्याक गर्दै टाइब्रेकरमा जित निकालेको हो ।
यसैबीच, उपमेयर कप महिला भलिबल अन्तर्गतको फाइनल खेलमा धादिङको निलकण्ठ नगरपालिकाले बारपाक सुलिकोट गाउँपालिकालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

उपमेयर कपमा धादिङको निलकण्ठ विजयी

गोरखा ।

गोरखा नगरपालिकाद्वारा आयोजित “दोस्रो मेयर कप फुटबल प्रतियोगिता“ मा वडा नम्बर ३ विजयी बनेको छ ।

वडा नम्बर ३ ले फाइनल खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

दुवै टिमबीच प्रतिस्पर्धात्मक देखिएको खेलमा वडा नम्बर ९ ले सुरुवाती अग्रता लिए पनि वडा नम्बर ३ ले उत्कृष्ट कमब्याक गर्दै टाइब्रेकरमा जित निकालेको हो ।

यसैबीच, उपमेयर कप महिला भलिबल अन्तर्गतको फाइनल खेलमा धादिङको निलकण्ठ नगरपालिकाले बारपाक सुलिकोट गाउँपालिकालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

निलकण्ठको खेलमा सुरुदेखि नै एकतर्फी दबदबा रहेको थियो । प्रतियोगितामा मेयर कप फुटबल तर्फ गोरखाका १४ वटा वडाहरू र उपमेयर कपतर्फ भलिबल तर्फ भने ८ वटा टिमले मात्र प्रतिस्पर्धा गरेका थिए ।

उपमेयर कप भलिबल प्रतियोगितामा धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिका सहभागी भएका थिएनन् ।

जिल्लाका ७ पालिका र भंगिनी सम्बन्ध रहेको धादिङको निलकण्ठ नगरपालिका एक टोली गरी ८ वटा टिमबीच प्रतिस्पर्धा भएको थियो ।

गोरखा नगरपालिकाको आयोजनामा सोमबार समपन्न भएको मेयर कप फुटबल तर्फ जित हासिल गर्दै वडा नं ३ ले नगद १ लाख १ हजार १११ रुपैयाँ नगदसँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, उपविजेता वडा नं ९ ले ५१ हजार १११ रुपैयाँका साथै शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, तेस्रो स्थान हासिल गरेको वडा नं १० ले नगद ३० हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

सान्त्वना भएको वडा नं ७ ले १५ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएको छ ।

मेयर कप फुटबल तर्फको व्यक्तिगत विधागत तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य बेस्ट प्लेयर वडा नं १० का प्रबिन कुमाल, बेस्ट किप्पर वडा नं ३ का प्रमोद जंग कुँवर, सर्वोत्कृष्ट गोलकर्ता वडा नं ९ का पृथ्वी राना र उत्कृष्ट प्रशिक्षक वडा नं ३ का भिम बहादुर कुमाल घोषित भए ।

उनीहरूलाई नगद पुस्कार प्रदान गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।

उपमेयर कप महिला भलिबल तर्फ जित हासिल गर्दै धादिङको निलकण्ठ नगरपालिकाले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै, उपविजेता बनेको बारपाक सुलिकोट गाउँपालिकाले ५१ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । यस्तै, तेस्रो स्थान हासिल गरेको सहिद लखन गाउँपालिकाले नगद ३० हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

सान्त्वना भएको आरुघाट गाउँपालिकाले १५ हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

उपमेयर कप महिला भलिबल तर्फको व्यक्तिगत विधागत तर्फ खेल अवधिभर उत्कृष्ट सर्भर निलकण्ठ नगरपालिकाकी कुशला बराम, उत्कृष्ट डिफेन्डर बारपाक सुलिकोट गाउँपालिकाकी संगीता बराम, उत्कृष्ट सटर निलकण्ठ नगरपालिकाकी जमुना गुरुङ, उत्कृष्ट स्पाइकर निलकण्ठ नगरपालिकाकी सलिना गुरुङ, उत्कृष्ट ब्लकर बरपाक सुलिकोट गाउँपालिकाकी रुपा विक र निलकण्ठ नगरपालिकाका महेन्द्र ढुंगानालाई उत्कृष्ट प्रशिक्षक घोषित गरिएको छ ।

उनीहरूलाई नगद पुस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख एसपि बासुदेव पाठक, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार १०:१७
हजुरको प्रतिक्रिया