२०८३ साउन २१ गते बिहीबार

पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुँदै

पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार १२:४८

पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने भएको छ । जिल्ला एथ्लेटिक्स संघ कास्कीको आयोजनामा चैत २९ र ३० गते पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीका...

पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने भएको छ ।

जिल्ला एथ्लेटिक्स संघ कास्कीको आयोजनामा चैत २९ र ३० गते पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुन लागेको हो ।

गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीका लागि मात्र नभई देशभरिका एथलेटिक्स खेलाडीको आफ्नो खेल कौशलता प्रदर्शन गर्दै खेलको अनुभव र मनोवल उच्च बनाउने लक्ष्य राखिएको जिल्ला एथ्लेटिक्स संघ कास्कीका सचिव सिद्धान्त अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न १२ विधामा खेल सञ्चालन हुनेछ । पुरुष र महिला दुवैतर्फ एक सय मिटर, दुई सय मिटर, १५ सय मिटर र ४ इन्टु एक मिटर रिले दौडका इभेन्ट हुनेछन् ।

यस्तै लङजम्प, ट्रिपल जम्प, हाइजम्प, सट पुट, ज्याभलिन थ्रो र कास्की जिल्लाभित्रका विद्याथलय स्तरीय एक सय मिटर दौड प्रतियोगितामा समावेश छन् ।

प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उदयीमान खेलाडी दुई जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा देशभरका विभागीय क्लब, प्रदेश, जिल्ला, संघ संस्था, विद्यालय, क्याम्पस साथै व्याक्तिगत पनि सहभागिता जनाउन सकिने सचिव अधिकारीले बताए ।

 

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार १२:४८
हजुरको प्रतिक्रिया