२०८३ साउन २१ गते बिहीबार

अबदेखि मोबाइलमा अनावश्यक ‘रिङब्याक टोन’ र सन्देश नबज्ने

अबदेखि मोबाइलमा अनावश्यक ‘रिङब्याक टोन’ र सन्देश नबज्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार १०:०९

मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रिय स्तरमा मनाउने भनेर निर्णय भएका विषयमा मात्र निःशुल्क रूपमा सीआरबीटी बजाउने अनुमति दिन सकिने मन्त्रालयले हिजो निकालेको सूचनामा उल्लेख छ ।

काठमाडौं ।

अबदेखि मोबाइलमा अनावश्यक ‘रिङब्याक टोन’ र सन्देश नबज्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनावश्यक रिङब्याक टोन र सन्देशहरू नियन्त्रण गर्ने गरी नयाँ सूचना निकालेको छ ।

मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रिय स्तरमा मनाउने भनेर निर्णय भएका विषयमा मात्र निःशुल्क रूपमा सीआरबीटी बजाउने अनुमति दिन सकिने मन्त्रालयले हिजो निकालेको सूचनामा उल्लेख छ ।

यस्तै विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्व सूचना वा जानकारीमूलक सामग्रीसहितका सन्देशहरू निःशुल्क बजाउन अनुमति दिन सकिने मन्त्रालयले जनाएको छ ।

यस बाहेकका सूचना तथा सन्देशको हकमा भने शुल्क लिई सीआरबीटीको रूपमा बजाउन दिने वा नदिने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणको हुने मन्त्रालयले जनाएको छ ।

कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्था स्थापना दिवस, विशेष दिवस र ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश, धुन तथा कुनै धर्म, जातजाति भौगोलिक क्षेत्र वा समुदायको चाड पर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश वा शुभकामना वा त्यस सम्बन्धी धुनहरू सशुल्क बजाउने गरी प्राधिकरणले निर्णय गर्नेछ ।

यसअघि जुनसुकै निकाय तथा संघसंस्थाले आफू अनुकूल रिङब्याक टोन बजाउने गरेको भन्दै ग्राहकले गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार १०:०९
हजुरको प्रतिक्रिया