२०८३ असोज २४ गते शनिबार

विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री

विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ०१:१६

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताएका छन्। शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताएका छन्।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशका नागरिकहरूलाई खुसीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए।

उनले अहिले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरूले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताए। अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरू फुर्ती र सीप लिएर फर्किरहेको बताए। आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताए।

उपप्रधानमन्त्री पौडेलले भने, ‘बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले म यो गर्छु, त्यो गर्छु भनेर बोल्नु त्यत्ति राम्रो हुँदैन । यसकारणले जे बोल्नुहुन्छ, श्रममन्त्रीले बोल्नुहुन्छ । वैदेशिक श्रकलाई मर्यादिन बनाउन चाहनुभएको छ । वैदेशिक रोजगार व्यवसायमा संलग्न संस्था र व्यक्तिहरुलाई मर्यादित बनाउन चाहिरहनुभएको छ । यहाँहरुको प्रयासमा सरकार सधैँ साथमा रहनेछ । हामी देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरु मात्रै होइन, अन्तर्राष्ट्रिय श्रम बजारबाट हाम्रो श्रम बजारमा विदेशीहरुले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने हाम्रो मिसन छ ।

उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउन सक्ने, आर्थिक उपार्जन गर्नसक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किनसक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०१:१६
हजुरको प्रतिक्रिया