२०८३ असोज २४ गते शनिबार

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०९:२६

आज झापा एफसी र पोखरा थण्डर्स तथा बुटवल लुम्बिनी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

झापा र पोखरा तथा बुटवल लुम्बिनी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै

पोखरा ।

नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदैछ ।

आज झापा एफसी र पोखरा थण्डर्स तथा बुटवल लुम्बिनी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

पोखरा र झापाबीचको पहिलो खेल दिउँसो २ बजे सुरु हुनेछ । यसअघि दिउँसोको खेल साढे २ मा भएपनि दुई खेलबीचको ग्याप मिलाउनका लागि दिउँसो हुने खेलको समय अघि सारिएको आयोजकले जनाएको छ ।

एनएसएलमा यो दोस्रो डबल हेडर डे हो । पोखरा र झापा आजको खेल जित्दै शीर्ष चार भित्र पर्नका लागि कडा मेहनतका साथ मैदान उत्रँदैछन् ।

चार खेलबाट ४ अंकसहित पोखरा पाँचौ स्थानमा छ भने ३ खेल मात्र खेलेको झापा ३ अंकसहित छैटौं स्थानमा छ । झापाले अपराजित यात्रा कायम राखेपनि खेल जित्न भने सकेको छैन ।

झापाले यस सिजन खेलेको सबै खेल बराबरी गरेको छ र अझै पहिलो जितको खोजीमा छ ।

पोखराले भने सुरुवाती दुई खेलमा चितवन र ललितपुर सिटीसँग हार व्यहवरेपनि त्यसपछि काठमाडौंलाई हराएर पहिलो जित निकालेको थियो तर पछिल्लो खेलमा धनगढीसँग बराबरी खेलेको थियो ।

यसैगरीआजै साँझ ६ बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी र स्थानको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा ललितपुर अपराजित तीन टिम मध्ये एक हो । ललितपुरले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

ललितपुरलाई यस खेल जित्दै प्लेअफमा पुग्ने अवसर समेत छ । यदी बुटवललाई हराएमा ललितपुर सिटी एक खेल अघि नै प्लेअफ पुग्नेछ ।

साविक विजेता ललितपुर चार खेलमा अपराजित छ र ८ अंक जोडेर दोस्रोमा छ । साविक उपविजेता धनगढी एफसीको पनि समान ८ अंक नै छ तर गोलअन्तरमा धनगढी अघि छ ।

अहिलेसम्म जितविहिन रहेको बुटवलका लागि ललितपुर सिटी ठूलो चुनौती हुनेछ ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०९:२६
हजुरको प्रतिक्रिया