२०८३ असोज २४ गते शनिबार

चार देशीय टी–२० सिरिज : उपाधिका लागि नेपालले कुवेतसँग खेल्दै

चार देशीय टी–२० सिरिज : उपाधिका लागि नेपालले कुवेतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०९:२१

आजै हङकङ र कतारले तेस्रो स्थानका लागि खेल्दैछन् । जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो ।

पोखरा ।

हङकङमा जारी चार देशीय टी–२० सिरिजको उपाधि भिडन्तमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो । तर हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो ।

हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए ।

बाबर हयात र कल्हन चालुले समान १–१ रन बनाएको अवस्थामा वर्षा भएको थियो । तर रंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अंक बाँडे ।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो भने कुवेतले तीन खेलमा चार अंक हात पार्दै फाइलमा पुगेको हो ।

आजै हङकङ र कतारले तेस्रो स्थानका लागि खेल्दैछन् ।

जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०९:२१
हजुरको प्रतिक्रिया