२०८३ कात्तिक १० गते सोमबार

कास्कीमा सहज बन्दै लकडाउन, बिहीबारदेखि यी सरकारी कार्यालय खुल्ने

कास्कीमा सहज बन्दै लकडाउन, बिहीबारदेखि यी सरकारी कार्यालय खुल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ९ गते बुधबार ०७:२३

पाेखरा । कास्कीमा काेभिड नियन्त्रणका लागि जारी गरिएकाे लकडाउन विस्तारै सहज बन्दै गएकाे छ । कास्की प्रशासनले काेभिडकाे दर घटेकाे तथा जनजिवन विस्तारै सहज बन्दै गएकाे भन्दै लकडाउनलाइ विस्तारै खुकुलाे बनाउने निर्णय गरेकाे छ । यहि...

सेवाप्रवाहमा बार अनुसारकाे आलाेपालाे

पाेखरा । कास्कीमा काेभिड नियन्त्रणका लागि जारी गरिएकाे लकडाउन विस्तारै सहज बन्दै गएकाे छ । कास्की प्रशासनले काेभिडकाे दर घटेकाे तथा जनजिवन विस्तारै सहज बन्दै गएकाे भन्दै लकडाउनलाइ विस्तारै खुकुलाे बनाउने निर्णय गरेकाे छ ।

यहि असार १० गते (भोली) देखि कास्की जिल्लाका स्थानीय निकायबाट विभिन्न अत्यावश्क सेवा सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भोलीदेखि शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दामामिला, नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नविकरण, भारतीय पेन्सन सिफारिसलगाएतको सेवा प्रवाह हुने जानकारी दिएको हो । भिडलाई कम गराउन सेवाका प्रकार अनुसार छुट्टै छुट्टै बारहरु तोकिएको छ ।

जसअनुसार सेवाग्राहीले फरक बारमा फरक सेवा लिनसक्नेछन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरि सेवा प्रवाह सहज बनाउन प्रशासनले सम्वन्धित सेवाप्रदायक निकायलाइ अनुराेध गरेकाे छ ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०७:२३
हजुरको प्रतिक्रिया